एशियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

५ पुष २०८०, बिहीबार ११:४३

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते, शुक्रबार, द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो साढे १२ बजे वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले कम्पनीके ‘क’ समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रंतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*