बुटवल पावर कम्पनीले प्रिमियम दरमा १ करोड कित्ता एफपीओ जारी गर्ने, पुस २९ मा साधारणसभा

५ पुष २०८०, बिहीबार ११:५८

काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ जारी गर्ने भएको छ । बुटवल पावरले लाभांश पारित र एफपीओ जारी गर्ने मुख्य प्रस्ताव राखेर पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । प्रिमियम दरमा १ करोड कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

एफपीओ निष्कासनका लागि हालको जारी पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँलाई वृद्धि गरी ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ बनाउने प्रस्ताव छ ।

कार्की बेंक्वेट, बबरमहल काठमाडौंमा बिहान ११ बजे साधारण सभा सुरु हुने बताइएको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने र लाभांश प्राप्त गर्न सक्ने भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*