चार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आह्वान, कुनको कहिले ?

५ पुष २०८०, बिहीबार १२:१७

काठमाडौं । सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनीहरुमध्ये चार कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । जस अन्तर्गत अरुण काबेली पावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, अरुण काबेली पावर र सान्जेन जलविद्युत कम्पनीले आफ्नो समय अनुसार फरक–फरक मितिमा वार्षिक साधारण सभा आह्वान गरेको हो ।

अरुण काबेली पावर

अरुण काबेली पावर लिमिटेडले पुस २६ गते, बिहीबार, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौँमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

मध्य भोटेकोशी जलविद्युत कम्पनी

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले पुस २७ गते, शुक्रबार, कुण्डलिनी दरबार बैंक्वेट, चण्डोल, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्म रकमभन्दा बढी हुने गरी लिइएको ऋणको सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिका सदस्यहरुको सुविधाका सम्बन्धमा, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १७ गते बुकक्लोज गर्नेछ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अरुण काबेली पावर

अरुण काबेली पावर लिमिटेडले पुस २६ गते, बिहीबार, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौँमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सान्जेन जलविद्युत कम्पनी

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले पुस २९ गते, आइतबार, कार्की पार्टी प्यालेस, सुकेधारा, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले कम्पनीको नियमावली संशोधन सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिका सदस्यहरुको सुविधाका सम्बन्धमा, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुकक्लोज गर्नेछ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*