दोहोरो अंकले घट्यो नेप्से, दुई उपसमूहबाहेक सबै राताम्ये

५ पुष २०८०, बिहीबार १५:०५

काठमाडौं । मौद्रीक नीतिको समीक्षापछि उत्साहजनक रुपमा उकालो लागेको शेयर बजार परिसूचक नेप्सेले फेरि उल्टो गति पक्डिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३६.१५ अंकले ऋणात्मक भएको हो । बिहीबार नेप्सेसहित सम्पूर्ण सूचक राताम्य भए पनि २१ सयको विन्दु भने कायम छ ।

बिहीबार क्यापिटल मार्केटमा एक करोड ६९ लाख २१ हजार १२५ कित्ता शेयर किनबेच हुँदा छ अर्ब १८ करोड ८१ लाख २४ हजार २०१ रुपैयाँको कारोबार भयो । अघिल्लो दिन बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेर रोकिएको थियो ।

साताको अन्तिम कारोबार दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसूचकबाहेक सबै उपसूचकहरु राताम्य भएका छन् । यस दिन उत्पादन तथा प्रशोधन उपसूचक १४२ अंकले बढ्दा व्यापार उपसूचक १७ अंकले बढ्यो । सबैभन्दा धेरै जीवन बीमा उपसमूहले नोक्सानी व्यहोर्नु परेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*