शिवम् सिमेन्ट र सोनापुर मिनिरल्सको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

५ पुष २०८०, बिहीबार १५:०७

काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजारको निरन्तर उकालो लागको यात्रा रोकिएको छ । बिहीबार नेप्से परिसूचक ३६ दशमलव १५ अंकले घटेर २१०५ को विन्दुमा कायम भएको छ ।

बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये शिवम् सिमेन्ट र सोनापुर मिनिरल्सको आजपनि सर्वाधिक कारोबार भएको छ । शिवम् सिमेन्टको ३० करोड ६८ लाख रुपैयाँ र सोनापुर मिनिरल्सको २५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै, हिमालयन डिस्टिलरी लिमिटेडको २० करोड रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १५ करोड ३६ लाख रुपैयाँ, घोराही सिमेन्टको १५ करोड २३ लाख रुपैयाँ लगायतको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*