नेपाल टेलिकमद्वारा बम्पर लाभांश दिने घोषणा, लगानीकर्ताले ४० प्रतिशत पाउने

६ पुष २०८०, शुक्रबार १०:१९

काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

टेलिकमले शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको पुस ५ गते साझ बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आउदो वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताले पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*