घोराही सिमेन्टको १५ प्रतिशत बोनस सेयर घोषणा, साधारणसभा पनि आह्वान

६ पुष २०८०, शुक्रबार ११:००

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

साधारण सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ । कम्पनीले आगामी साधारणसभामा बोनस सेयर वितरणको प्रस्ताव लैजाने छ । पुस २८ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुुस १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १५ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*