१००% लाभांशसहित सिडीएस एण्ड क्लियारिङको साधारणसभा आह्वान

६ पुष २०८०, शुक्रबार ११:५१

काठमाडौं । सिडीएस एण्ड क्लियारिङ लिमिटेडले १०० प्रतिशत लाभांश पारित गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते बिहिबार आफ्नै कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७९र८० को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीमा नेप्सेको शतप्रतिशत लगानी रहेकोले सम्पूर्ण लाभांश नेप्सेले पाउने छ ।

त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९र८० को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८० र ८१ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*