चन्द्रागिरी हिल्सको लकइन पिरियड कहिले सकिदैछ ?

६ पुष २०८०, शुक्रबार १२:२७

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको ‘लक इन’ अवधि माघ ८ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

यद्दपि, संस्थापक सेयरधनीमध्ये सञ्चालक समितिमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने सेयर खरिदबिक्री गर्न नपाउने चन्द्रागिरीले जानकारी गराएको छ ।

कम्पनीले सर्वसाधारणलाई २०७७ माघ ९ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । उक्त लक इन अवधि आगामी माघ ८ गते सकिन लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*