नेप्सेले ६४ प्रतिशत नगद लाभांश वितरण, क–कसले पाँउछन् ?

६ पुष २०८०, शुक्रबार १८:३४

काठमाडौं । नेप्सेले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

आजको बैठकले नेप्सेको आर्थिक वर्ष २०७९र८० को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गर्दै लाभांश प्रस्ताव गरेर साधारणसभा गर्ने मिति तय गरेको हो। नेप्सेले पुस २९ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।

नेप्सेले अघिल्लो वर्ष १०० प्रतिशत लाभांश दिएकोमा यो पटक ६४ प्रतिशतमात्र लाभांश दिन लागेको हो ।

नेप्सेमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक,कर्मचारी संचय कोष, लक्ष्मी बैंक, प्रभु बैंक र ब्रोकरहरुको शेयर लगानी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*