नेप्से डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३ बाट सम्मानित

६ पुष २०८०, शुक्रबार १९:२९

काठमाडौं ।  डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३ नेप्से लाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा नेप्सेलाई सो अवार्ड प्रदान गरिएको हो ।

सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधि मार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने सरकारी संस्थालाई यो अवार्ड प्रदान गरिन्छ । त्यसैअनुसार यस वर्ष नेप्सेलाई डिजिटल गभर्नेन्स अवार्ड दिइएको हो ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० नेपालको एकमात्र स्टक एक्सचेन्ज हो । २०५० सालमा स्थापना भएको नेप्सेले विकासक्रमसँगै शयेर कारोबारलाई अटोमेटेड बनाउँदै लगेको छ । आफुलाई प्रविधिमैत्री बनाउन नेप्सले नेप्से अनलाइन ट्रेडिङ सिस्टम, ट्रेड म्यानेजमेन्ट सिस्टम ९टीएमएस०, सर्भिलेन्स सिस्टम, रिस्क म्यानेजमेन्ट सिस्टम र ट्याली सफ्टवेयर प्रयोग गरिरहेको छ ।

नेप्सेको मोबाइल एप र वेबसाइट समेत छ । मोबाइल एप १ लाख बढी डाउनलोड भएको छ भने बजारको समयमा १ लाख बढीले वेबसाइट प्रयोग गरिरहेका हुन्छन् ।

नेप्सले अनलाइन कारोबारलाई सहज बनाउन नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा पेमेन्ट गेटवे एकीकृत गरेको छ । संस्थाले नेप्से परिसरमै डेटा सेन्टर समेत राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*