४० प्रतिशत लाभांश घोषणा गरेको टेलिकमको साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?

८ पुष २०८०, आईतवार ०६:५४

काठमाडौं । गत आवमा आर्जित मुनाफबाट ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको नेपाल टेलिकमले बार्षिक साधारणसभा र बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार कम्पनीको १६ औं बार्षिक साधारणसभा यही पुस २९ गते विहान ११ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा हुनेछ।

सो बार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा शेयर खरिद गर्नेले मात्रै उक्त लाभांश लिन पाउनेछन् ।
कम्पनीले गत शुक्रबार बम्पर लाभांश घोषणा गरेकोले आज हुने काराबारमा उछाल आउने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*