नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण नगर्न देउवा र नेपालको सुझाव, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स जारी नहुने

१५ पुष २०८०, आईतवार २३:०४

काठमाडौं । आज साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका नेताहरुको बैठकमा रमेश हमालले दिन खोजेको नयाँ स्टक एक्सचेन्जबारे गम्भिर छलफल भएको छ । छलफलमा सत्ता साझेदार दल कांग्रेस र एकीकृत समाजवादीले घुस सेटिङ र विवाद नै विवादमा परेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण नगर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ अबेरसम्म चलेको छलफलमा बालकुमारी घटनामा उच्च स्तरीय छानविन आयोग बनाउने र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयमाथि छलफल भएको थियो । सो छलफलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनु रमेश हमालले मिलाएको भ्रष्टाचार र सेटिङलाई अनुमोदन हुने भन्दै एकीकृत समाजवादीका नेता माधव कुमार नेपालले चर्को विरोध गरेका थिए । भ्रष्टाचारको दुर्गन्धलेग गठबन्धन निकै गन्हाउँदै गएको सन्दर्भमा जानाजान र बाहिरैबाट छर्लङ्ग देखिएको भ्रष्टाचारजन्य कार्य अनुमोदन गर्नु नहुने तर्क समाजवादीका नेता नेपालले अघि सारेका थिए ।

आजको बैठकको सुरुमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन रोकिएको भन्दै सुरु भएको थियो । उक्त विषयमा कांग्रेस सभापति देउवाले सुरुमा किन रोकिएको भन्दै सुरु गरेर पछि भ्रष्टाचार सेटिङको विषयमा सत्ता गठबन्धन सचेत हुनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सचेत गराएका थिए । बैठकमा दुई मुख्य नेताबाटै यस्तो सुझाव आएपछि प्रधानमन्त्री प्रचण्डले अहिले नयाँ स्टक एक्सचेन्जको विषयमा निर्णय गर्ने योजना नरहेको नेताहरुलाई जानकारी गराएको बुझिएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको पदावधी सकिन अब पाँच दिन मात्रै बाँकी छ । साथै निर्वाचन आचार संहिता समेत लागू भइसकेकोले अब लाइसेन्स दिने निर्णय गर्न समेत मिल्दैन ।
उता, सम्पत्ति शुद्धिकरणले छानविन गर्ने भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल रातारात हवाई टिकट काटेर देश छोडेका छन् । गत बिहिवार नै विदेश हान्निएका छन् । उनी तत्काल स्वदेश फर्कने हुन् वा होइनन् खुलिसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*