सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ गैर कानुनी, कर छुट सुविधा सर्वसाधारणको लागि बिक्री

१८ पुष २०८०, बुधबार ०९:२०

काठमाडौं । बुक बिल्डिङमा आईपिओ निष्काशन गर्ने मिति समेत तय गरेको सर्वोत्तम सिमेन्टको आईपिओ निष्काशन गर्न दिने सम्पूर्ण प्रक्रिया नै गैर कानुनी भएको तथ्य फेला परेको छ । सरकारी निकायहरुले सर्वोत्तम सिमेन्टलाई राज्यलाई दिएको कर छुट सुविधा महंगो मूल्यमा सर्वसाधारणको लागि बिक्री गर्नु अनुमति दिएको भेटिएको छ ।

सर्वोत्तम सिमेन्ट १० वर्षसम्म कर छुट सुविधा पाएर स्थापना भएको उद्योग हो । सो उद्योगले उत्पादन सुरु गरेको पाँच वर्षसम्म कर छुट सुविधा लिएको छ भने पाँच वर्ष अझै लिन बाँकी छ । सोही कर छुट सुविधा पाएको कम्पनीले अंकित मूल्यमा आईपिओ बिक्री गर्नुपर्नेमा गैर कानुनी रुपमा बुक बिल्डिङ विधिमार्फत आईपिओ बिक्री गर्न अनुमति लिएको तथ्य खुलेको हो ।

बीमापोष्टलाई प्राप्त कागजातमा कम्पनीले पाँच वर्षदेखि कर छुट सुविधा लिइरहेको छ र अझै पाँच वर्ष यस्तो सविधा पाउनेछ । राज्यकोषलाई तिर्नुपर्ने कर समेत छुट सुविधा लिएको कम्पनीले जनतालाई महंगो मूल्यमा बुक बिल्डिङको नाममा आईपिओ निष्काशन गर्न लागेको तथ्य खुलेको हो ।

सो सम्बन्धमा जिज्ञाशा राख्दा नेपाल धितोपत्र बोर्डका प्रबक्ता मुक्ति श्रेष्ठले कुनै प्रतिक्रिया दिन चाहेनन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँगको करोडौं घुस सेटिङमा सर्वोत्तम सिमेन्टले बुक बिल्डिङको अनुमति पाएको चर्चा व्याप्त छ । बुक बिल्डिङमा आईपिओ निष्काशन गरेर कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको शेयर ३०६ रुपैयाँमा बिक्री गर्दैछ ।

एकातिर राज्यबाट अर्बौ रुपैयाँ कर नतिरी सुविधा लिने अर्कोतिर सोही सुविधा देखाएर १०० रुपैयाँको आईपिओ ३०६ रुपैयाँमा बिक्री गर्ने कार्य गैर कानुनी देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*