सरकारीलाई छोडेर निजि पुनर्बीमा कम्पनीलाई प्रोत्साहन गर्दै बीमा प्राधिकरण

२३ पुष २०८०, सोमबार १३:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी पुनर्बीमा कम्पनीलाई छोडेर निजि पुनर्बीमा कम्पनीलाई प्रोत्साहन गर्न थालेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनीको काम थाती राखेर हिमालयन रि इन्स्योरेन्स कम्पनीको काम छिटो सम्पन्न गर्न कर्मचारीहरुलाई प्रेसर दिन थालेको प्राधिकरणका कर्मचारीको स्रोतको भनाई छ ।

नेपाल बीमा प्राधिकरणको आधा दर्जन काम पेन्डिङमा राखेर हिमालयन रि इन्स्योरेन्स कम्पनीको काम तत्काल नगरेको भन्दैकर्मचारीहरुलाई गाली गर्न लागेको प्राधिकरणका एक कर्मचारीले नाम नखुलाउने सर्तमा बीमापोष्टलाई जानकारी दिएका छन् ।

केही काम बिशेषले कर्मचारीहरुले हिमालयन रि इन्स्योरेन्सको काम समयमा नसके प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कर्मचारीलाई गाली गर्ने समेत कर्मचारीहरुको गुनासो रहेको छ ।

नेपाल पुनर्बीमा कम्पनीका तत्कालीन सिईओसँग पानी बाराबार रहेको बिषयमा समाचारहरु पनि प्रकाशित भएका थिए । कुनै कार्यक्रममा कम्पनीको तत्कालीन सिईओ रायमाझी र प्राधिकरणका अध्यक्ष सिलवाल भेटे भने पनि वादविवाद हुने नै गरेको थियो ।

सो कारण पनि नेपाल पुनर्बीमा कम्पनीले पटक पटक चिठ्ठि काट्दा पनि प्राधिकरणले गुनासो गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीको गुनासो रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*