शेयर बजारमा ओरालो यात्राको निरन्तरता, कारोबार साढे २ अर्ब, तीन कम्पनीको शेयरमा सर्किट

२१ चैत्र २०८०, बुधबार १५:१२

काठमाडौँ । लगातार चौथो दिन समेत शेयर बजार ओरालो लागेको छ । बुधबार बजार झिनो अकंले घटेको हो । नीतिगत अवरोधले नै शेयर बजारलाई माथि उठाउन नसकेको लगानीकर्ताका तर्क रहदै आएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४३अकंले घटेर २००६.७८ बिन्दुमा बन्द भएको छ । बुधबार ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।

आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बुधबार गुराँस लघुवित्त, वीन नेपाल लघुवित्त र मानुषि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ४.४० प्रतिशतले ओरालो लागेको हो । साथै, मन्दाकीनि हाइड्रोपावरको ४.०८ प्रतिशत, बोटलर्स नेपाल (तराई) को ३.७६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

बुधबार १० उपसूचक राताम्य भएका छन् । बजार झिनो अकंले ओरालो लाग्दा बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको ०.६३ प्रतिशत र होटल तथा पर्यटन समूहको ०.१८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

सूर्यज्योति र सर्वाेत्तम सिमेन्टसमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*