पुल्चोकको ‘४-४’ रोपनी सरकारी जग्गा हिनामिनामा अरुण चौधरीकी पत्नी शिला समेत संलग्न रहेको खुलासा

७ बैशाख २०८१, शुक्रबार १८:२५

काठमाडौं । पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा हडपिएको प्रकरणमा अरुण चौधरीकी पत्नी शिला चौधरी समेत मुछिएकी छन् । गुठी र सरकारी जग्गा हडप्ने हिमालयन इन्टरप्राइजेजको अध्यक्ष रहेका कारण अरुणकी पत्नी शिला समेत यो प्रकरणमा मुछिएकी हुन् ।

सरकारी जग्गा हिनामिना तथा जालसाजी मुद्दामा अब शिला पनि कारबाहीको भागिदार हुने ञवा गुठीका कानून व्यवसायीले बताएका छन् । मालपोत कार्यालय ललितपुरले सर्वोच्च अदालतको आदेशलाई देखाएर अरुण चौधरी संस्थापक अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नामा जग्गा दर्ता गरिदिएको थियो ।

२०२१ मा पर्ति जग्गा हुँदै २०५२ सालमा नेपाल सरकारको नाममा रहेको जग्गा आफ्नो कम्पनीका नाममा ल्याएको भन्दै चौधरी घरानाले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका मामा माइचा महर्जनसहित ११ जनालाई १९ आना र अदालती वारेस समेतलाई जग्गा बक्सिस दिएको रहस्य यसअघि नै बीमापोष्टले खोलिसकेको छ ।

ञवा गुठीका गुठीयारहरुले तत्कालीन श्री ५ को सरकार र हाल नेपाल सरकारको नाममा रहेको सगोल ४३ नम्बर कित्ता अन्तर्गतको ४ रोपनी ४ आना १ पैसा जग्गा पूर्ववत अवस्थामा फर्काइनु पर्ने अडान राखेका छन् । चौधरी ग्रुपले जग्गा पचाउन प्रतिरक्षाको रणनीति लिएको छ ।

गृहमन्त्रालयको परिपत्रअघिको एउटा तथ्याङ्कले काठमाडौँमा १८ सय रोपनी सार्वजनिक जग्गा मिचिएको र जसमा ५ हजार जना सामेल भएको खुलासा भएको थियो । त्यो संख्या अझै बढेर जाने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

चौधरी ग्रुपले हड्पेको ‘४-४-१’ रोपनी सरकारी जग्गा फिर्ता गर्न ढिलाई, सम्पदा मास्न ललितपुरे मेयरनै देखिए ‘भिलेन’

पुल्चोकको सरकारी जग्गा चौधरी ग्रुपले हडप्दा मेयर चिरिबाबुका मामाले समेत लिएका थिए हिस्सा

पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*