मेलम्चीको पाइप फुटेर निस्किएको पानीले बस्ती डुबायो

३० माघ २०८१, बुधबार १७:१८

काठमाडौँ । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बस्ती जलमग्न भएको छ। वन परिसर पछाडि रहेको बस्तीका घरहरूमा पानी पसेको छ भने डुबानका कारण पसलहरूमा पनि क्षति पुगेको छ।

स्थानीय बासिन्दालाई उद्धार गर्न सेनासहितका सुरक्षाकर्मीहरू खटिएका छन्। पानीको बहाव रोक्ने र प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।

तस्बिरः नयाँ पत्रिका

मेलम्ची पाइप फुट्दा बबरमहल जलमग्न, पूर्वाधारको गुणस्तरमाथि गम्भीर प्रश्न

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*