नेप्सेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्तको बोनस शेयर सूचीकृत
४ फाल्गुन २०८१, आईतवार १७:४१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो।
आइतबार ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस बापत १ करोड ९८ लाख ७० हजार ८२३ कित्ता बोनश शेयर नेप्सेमा सुचीकृत भएको छ ।
यता, छिमेक लघुवित्तको ८ प्रतिशत बोनश बापतको २३ लाख ८१ हजार ७३७ कित्ता बोनश शेयर नेप्सेमा सुचीकृत भएको छ ।
यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।