देशभर विद्युतीय हाजिरी अनिवार्य, १५ दिनमै विवरण प्रमाणीकरण गर्न निर्देशन

१० बैशाख २०८३, बिहीबार १४:१४

काठमाडौँ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कार्यालय तथा स्थानीय तहमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।

मन्त्रालयले सिंहदरबारबाट जारी गरेको परिपत्रमार्फत कर्मचारीहरूको उपस्थितिको अभिलेखलाई व्यवस्थित र पारदर्शी बनाउन सबै मन्त्रालय, विभाग, कार्यालय तथा स्थानीय तहलाई विद्युतीय हाजिरी प्रणाली प्रयोगमा ल्याउन आग्रह गरेको हो।

हालसम्म उक्त प्रणाली लागू नभएका कार्यालयहरूमा समेत तत्काल कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयले निर्देशन दिएको छ। अबदेखि कर्मचारीको दैनिक आगमन तथा प्रस्थानको विवरण अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत नै अभिलेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी सम्बन्धित अधिकारीबाट प्रमाणित गराएर कार्यालयमा सुरक्षित राख्नुपर्ने प्रावधान पनि तोकिएको छ। मन्त्रालयको २०८३ वैशाख ८ गतेको सचिवस्तरको निर्णयअनुसार यो व्यवस्था लागू गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*