रिलायन्स मिल्स र सोलु हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता

१० बैशाख २०८३, बिहीबार १५:००

काठमाडौँ । शेयर बजार आज पनि राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर भइरहेको हो ।

लगानीकर्ता निराश हुँदा कारोबार रकम समेत निरन्तर खुम्चिदै गएको छ । बिहिबार ५ अर्बको मात्रै कारोबार भएको हो ।

आज रिलायन्स मिल्स र सोलु हाइड्रोपावरको शेयरमा लगानीकर्ता सर्वाधिक झुम्मिएका छन् । साथै, होटल फरेस्ट, आँखुखोला जलविद्युत र सूर्यकुण्ड हाइड्रोको शेयर सर्वाधिक खरिदबिक्री भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*