विद्यार्थी भाडा छुटमा यातायात व्यवसायीको अडान, ‘सरकारी निर्देशन लागू गर्न नसकिने’ जवाफ

१० बैशाख २०८३, बिहीबार १४:३९

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले निर्देशन दिएअनुसार विद्यार्थीलाई छुट दिन नसकिने स्पष्ट पारेको छ । महासंघले यातायात व्यवस्था विभागलाई पत्राचार गर्दै हालको अवस्थामा विद्यार्थीलाई ४५ प्रतिशत छुट लागू गर्न असम्भव रहेको जनाएको हो ।

यसअघि यातायात व्यवस्था विभागले २०६५ साल फागुन २० गतेको निर्णयअनुसार सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन दिएको थियो । विभागले हेलो सरकारमार्फत प्राप्त गुनासोका आधारमा उक्त छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न भनेको थियो ।

तर महासंघले सो निर्देशनप्रति असहमति जनाउँदै पुराना सहमतिहरू वर्तमान अवस्थामा लागू नभएको दाबी गरेको छ । महासंघका अनुसार तत्कालीन समयमा सार्वजनिक सवारी साधनलाई वार्षिक कर, रुट परमिट तथा जाँचपासमा ६० प्रतिशतसम्म छुट दिने सहमति भएको भए पनि नयाँ संविधान जारी भएपछि कोशी प्रदेश बाहेक अन्य प्रदेशमा सो व्यवस्था कार्यान्वयन नभएको जनाएको छ ।

महासंघले सबै प्रदेशले यदि सो सहमति अनुसार छुट सुविधा उपलब्ध गराएमा आफूहरू पनि विद्यार्थीलाई छुट दिन तयार रहेको उल्लेख गरेको छ । तर हालको परिस्थितिमा एकतर्फी रूपमा छुट लागू गर्न नसकिने स्पष्ट गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*