राताम्यमा समेत यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

१० बैशाख २०८३, बिहीबार १५:१७

काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०१ अकंले घटेर २७८७.१५ बिन्दुमा कायम भएको हो ।

कारोबार रकममा समेत भारी गिरावट आएको छ । आज ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो ।

दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट र शिखर पावरको शेयरमा सर्किट लागेको हो ।

साथै, कर्पोरेट डेभलपमेन्टको ९.२४ प्रतिशत,मुक्तिनाथ म्युचुअल फण्ड १ को ५.२४ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*