विदेशमा दर्ता भएका सवारी साधनको बीमा नेपालमै गर्न मिल्ने बाटो खुल्यो
१० बैशाख २०८३, बिहीबार १५:११

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशमा दर्ता भएका सवारी साधनको तेस्रो पक्षको बीमा नेपालमै गर्न मिल्ने बाटो खु्ल्ला गरेको छ ।
नेपाल बीमा प्राधिकरणले नेपालमा बस्ने अवधिसम्मको लागि तेस्रो पक्षको बीमा गर्न सकिने बाटो खुल्ला गरेको हो ।
प्राधिकरणले सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विभिन्न प्रायोजनका लागि नेपालमा संचालनमा आउने विदेशमा दर्ता भएको सवारी साधानको मोटरबीमादर सम्बन्धी निर्देशिका, २०७३ अनुसार नेपालभित्र संचालन हुने अवधिसम्मका लागि तेस्रो पक्षको बीमा गर्न सकिने जानकारी दिएको छ।












