रास्वपा डोटीको जिल्ला सभापतिमा केशव बलायर चयन, को–को छन् टिममा ?

२५ जेष्ठ २०८३, सोमबार १७:५५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीको प्रथम जिल्ला अधिवेशनबाट केशव बलायर पुनः जिल्ला सभापतिमा चयन भएका छन्।

अधिवेशनले नयाँ जिल्ला कार्यसमिति समेत चयन गरेको छ। कार्यसमितिको उपसभापतिमा धनबहादुर बोहरा, सचिवमा विष्णुराज भट्ट, सहसचिवमा डिल्लीराज भट्ट तथा कोषाध्यक्षमा शारदा श्रेष्ठ चयन भएका छन्।

त्यस्तै महिला सदस्यमा मोहना साउँद चयन भएकी छन् भने सदस्यहरूमा टेक बोगटी, केन्द्रबहादुर खड्का, खिम बिठाडी, कविराम खत्री र सन्तोष भण्डारी निर्वाचित भएका छन्। दलित सदस्यतर्फ लाल भूल र केशव परियार चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पार्टीको संगठन विस्तार, जनताका मुद्दालाई प्रभावकारी रूपमा उठान गर्ने तथा जिल्लामा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*