आदर्श लघुवित्तको साधारण सभा असार मसान्तमा, के–के छन् एजेण्डाहरु ?

२९ असार २०७८, मंगलवार १२:१८

काठमाडौैं । आदर्श लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा असार मसान्तमा गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सो मितिमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा सहित साधारण सभा असार ३१ बिहिबार डोकको हो ।

कम्पनीले साधारण सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय बनेपामा आह्वान गरेको हो । कम्पनीका अनुसार सो सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने गर्नेछ । कम्पनीले हाल कायम रहेको जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने जानकारी कम्पनीले गराएको छ ।

सभाले आव २०७६/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यस्तै, सभाले आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले यस कम्पनी र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने, प्राप्ति तथा समाहित हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*