सिराहाको मिर्चैयामा लक्ष्मी बैंकले १३२ औं शाखा स्थापना

३० असार २०७८, बुधबार १४:०५

काठमाडौं । लक्ष्मी बैंकले एक पछि अर्को गर्दै शाखा बिस्तार गरेको छ । बैंकले आज आफ्नो १३२ औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा न ६ स्थित कटारी चोकमा स्थापना गरेको हो ।

उक्त शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकतालाई मध्य नजर गर्दै आवश्यक सम्पूर्ण रिटेल बैकिंङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरुको घरदैलोमा वित्तीय पहुँच पुराउने लक्ष्य बैंकले राखेको छ ।

सो शाखा विस्तारपछि लक्ष्मी बैंकले ४८ जिल्लामा १३२ शाखा, ६ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १६१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट र ६१ शाखा रहित बैंकिङ एजेन्ट बाट सेवा दिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*