अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँड

१ श्रावण २०७८, शुक्रबार १३:३७

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

कम्पनीले २०७८/१/२८ गतेसम्म कायम सावित शेयरधनिहरुका लागि १ः०.२९३८ शेयरको अनुपातमा प्रतिशेयर रु १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

रितपूर्वक आवेदन दिने ८८ हजार ९२२ जना शेयरधनिहरुलाई ५४ लाख ५४ हजार ४०१ कित्ता हकप्रद शेयर असार ३० गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिद्धारा बाँडफाँड गरिएको हो ।

शेयर बाँडफाँडमा नपरेका हकप्रद शेयर वापतको रकम साउन ३ गते सम्म मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकको शाखा मार्फत फिर्ता भुक्तानी गरिने व्यवस्था गरिने कम्पनीले जानकारी गराएको छ ।

साथै अपि पावर कम्पनी मार्फत दरखास्त बुझाउनेहरुको हकमा सो कम्पनी मार्फत फिर्ता भुक्तानी गरिने जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*