राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सव सम्पन्न

६ श्रावण २०७८, बुधबार १४:२१

काठामाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो ३२ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । संघको ३२ औं वार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम गर्दै संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षरोपक्ष गर्दै सघंको झण्डोत्तलन गरेका हुन ।

बैंक भित्रको सबैभन्दा जेठो ट्रेड युनियनका रुपमा उक्त संघलाई लिने गरिन्छ । वार्षिकोत्सव अवसर आयोजना गरिएको रक्तदान कार्यक्रममा संघका कार्यवाहक अधक्ष जोशिले तथा ब्लड ब्याग कार्यक्रमका प्रमुख अथिति तथा बैंकका सिईओ किरणकुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरेका हुन ।

श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम सुरु भएको हो । ६७ जना बैंकका कर्मचारी रक्तदान गरेका थिए । सो अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । वाणिज्य बैंक कर्मचारी संघको स्थापना २०४७ साउन ६ गते स्थापना भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*