मैलुङ खोला जलविद्युतको आइपीओमा साढे १ बजेसम्म आवेदन दिन पाईने

१९ श्रावण २०७८, मंगलवार १३:०२

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले प्राथमिक शेयर (आईपीओ) भर्न नपाएका लगानीकर्ताहरुका लागि आज साढे १ बजेसम्म भर्न पाउने व्यवस्था गरेको छ ।

सोमबार सिंहदरवार स्थित डेटा सेन्टर जिआईडिसी (गभरमेन्ट इन्ट्रिगेटेड डेटा सेन्टर) मा विधुत आपूर्तिमा समस्या आउँदा सिडिएस एण्ड क्लियरिङको मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत साढे ३ बजेदेखि लगानीकर्ताले मैलुङ खोला जलविद्युतको आईपीओ भर्न सकेका थिएनन् । उक्त मर्मत कार्य सम्पन्न भई सबै सेवाहरु सुचारु भइसकेको अवस्थामा सिडिएस एण्ड क्लियरिङ्गले सोमबार शेयर भर्न नपाएकाले मंगलबार अपरान्ह बाह्र बजेदेखि साढे १ घण्टाको समय थप गरेको हो ।

कम्पनीले साउन १४ गते, बिहीबारदेखि साउन १८ गते सोमबारसम्म आईपीओ निष्काशन गरेको हो ।कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त संस्था र मेरो शेयरको वेवसाइट तथा मोबाइल एप मार्फत न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओमा मंगलबार साढे १ बजेसम्म आवेदन दिन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*