हिमालयन क्यापिटद्धारा वार्षिक साधारण सभा आह्वान, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । हिमालयन क्यापिटले वार्षिक साधारण सभा आह्वान गरेको छ। क्यापिटलको श्रावण ३१ गते, आइतबार सम्पन्न संचालक समितिको बैठकको निर्णय अनुसार चौँथो वार्षिक साधारण सभा भदौ २५ गते, शुक्रबार हिमालयन क्यापिटल लिमिटेड, ठमेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।सभामा आर्थिक वर्ष २०७७ अन्त्यसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि निधारण गर्ने एजेण्डा पनि रहेको छ । साथै सभा भामा स्वतन्त्र तथा महिला सञ्चालक पुनः नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।













