नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कहिलेदेखि दिने आवेदन?

३० माघ २०८१, बुधबार ०९:१४

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँडपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसमा सर्वसाधारण लगानीकर्ताले फागुन ११ गतेदेखि आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री गर्न अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको थियो भने ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ।

यसरी कम्पनीले बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो। यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन अवधि लम्ब्याइने भनिए तापनि अहिले आईपीओमा आम लगानीकर्ताले देखाएको चासो अनुसार फागुन १५ गतेभित्रै पर्याप्त आवेदन परिसक्ने निश्चित छ।

कम्पनीको आईपीओमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्ता माग गर्दै आवेदन दिन सकिनेछ। यसअनुसार १० कित्ता शेयरका लागि आवेदन दिन १ हजार रुपैयाँ र १ लाख कित्ताका लागि आवेदन दिन १ करोड रुपैयाँ लाग्नेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय सहित मेरो शेयर अनलाई प्रयोग गरी आवेदन दिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*