सूर्यज्योति लाइफले व्यतित बीमा पोलिसी पुनर्जागरणमा ५० प्रतिशत छुट दिने, आजैदेखि लागु
२२ आश्विन २०८२, बुधबार ११:०७

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरणमा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै आज अर्थात असोज २२ गतेदेखि २८ गतेसम्म उक्त छुट सुविधा लागु गरेको हो ।
कम्पनीका अनुसार बीमालेख नविकरण गर्दा लाग्ने ब्याजमा, व्यतित मिति ५ वर्ष ननाघेकालाई ५० प्रतिशत र ५ वर्ष नाघिसकेकालाई ३५ प्रतिशतसम्म छुट उपलब्ध गराइने भएको छ । सो छुट सुविधा बीमा अवधिभर एक पटकमात्र प्रदान गरिने छ ।














