माफियासँग मिलेर वनको जग्गा सेटिङ गर्ने वन सचिव मिश्रको सरुवा

२६ मंसिर २०८२, शुक्रबार १५:४६

काठमाडौँ । माफियासँग मिलेर वनको जग्गा बेच्न सेटिङ गर्ने वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रको अन्ततः सरुवा गरिएको छ। एक रातमै करिब ७९.६१ हेक्टर (१५६४.८६ रोपनी) वन क्षेत्र निजी स्वार्थको पक्षमा बेच्ने निर्णयमा सक्रिय मिश्रको सरुवा भएको हो ।

चुनढुङ्गा तथा अन्य खानी उत्खननको नाममा सरकारी जग्गा अवैध रूपमा निजी क्षेत्रलाई हस्तान्तरण गर्ने निर्णयमा सक्रिय भूमिका खेलेका मिश्र विरुद्ध लामो समयदेखि गुनासो उठ्दै आएको थियो। भुमाफियासँगको साँठगाँठ गर्ने गरेका उनी प्रधानमन्त्री शुशीला कार्कीलाई चलखेलमार्फत असहयोग गर्ने प्रवृत्तिमा समेत लागेका थिए ।

मंसिर २४ गते बसेको मन्त्रिपरिषद् बैठकले मिश्रको सरुवा गर्ने निर्णय गरेको हो। उनी हटेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लाई वन मन्त्रालयमा पठाइएको मन्त्रालयका सूचना अधिकारी बाबुराम घिमिरेले जानकारी दिए।

वन मन्त्रालय हाल प्रधानमन्त्री शुशीला कार्की स्वतः जिम्मेवारीसहित सम्हाल्दै आएकी छन्। ९ मन्त्रालयको नेतृत्व सम्हाल्नुपर्ने अवस्थाले प्रधानमन्त्रीलाई सबै क्षेत्र हेरचाह गर्न चुनौती भएकै समयमा विभागीय मन्त्रीको अभावलाई अवसर ठानेर केही भुमाफियाले सचिव मिश्रसँग मिलेमत्तो गरी वन क्षेत्र विनाशतिर अग्रसर भएका थिए ।

यही क्रममा २०८२ मंसिर २५ गतेको मन्त्रिपरिषद् बैठकले चुनढुङ्गा, ग्रेनाइट र फलाम उत्खननका लागि सात वटा निजी कम्पनीलाई स्वीकृति प्रदान गरेको थियो। यस निर्णयमार्फत नाफामुखी निजी कम्पनीलाई सरकारी संरक्षणमै वन क्षेत्र विनाशको बाटो खोलिएको भन्दै विभिन्न पक्षले आपत्ति जनाएका छन्। अवैध उत्खननका कारण ६५ हजारभन्दा बढी बोटविरुवा काटिने अनुमान गरिएको छ।

माफियासँगको आर्थिक चलखेलमा संलग्न रहँदै सरकारी वनजग्गा बेच्ने सेटिङमा सक्रिय भएका मिश्रको सरुवा गरिएको सरकारी हो । राज्यका गतिविधिलाई कमजोर बनाउने, निजी स्वार्थसिद्धिमा लाग्ने र माफियासँग मिलेर अवैध कार्य गर्ने गतिविधि बल्झिएपछि सरकारले उनलाई वन मन्त्रालयबाट हटाएको हो।

मन्त्री नहुँदा वन मन्त्रालय माफियाको कब्जामा, मन्त्रिपरिषदबाट एकै रातमा १५६४ रोपनी वन-जग्गा हस्तान्तरणको निर्णय

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*