सडकमा एक वृद्धलाई मुक्का हान्ने चालक प्रहरी नियन्त्रणमा
५ फाल्गुन २०८२, मंगलवार १७:११

काठमाडौं । राजधानीको चप्पल कारखाना आसपास सडक पार गरिरहेका एक पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाजिक सञ्जालमा कुटपिटको भिडियो तीव्र रूपमा फैलिन थालेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सक्रिय भएको हो। कार्यालयका अनुसार भिडियोमा देखिएका चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि रामशाहपथस्थित कार्यालयमा राखिएको छ। उनी पारस बम रहेको खुलेको छ ।
भाइरल भिडियोमा ती चालक कारबाट ओर्लिएर पैदलयात्रीलाई गालीगलौज गर्दै कुटपिट गरेको स्पष्ट देखिन्छ। घटनाक्रमका क्रममा एक महिलाले समेत पैदलयात्रीप्रति अपशब्द प्रयोग गरेको आवाज भिडियोमा सुनिन्छ।












