गुडविल फाइनान्सको साधारणसभा आह्वान, केके छन् प्रस्ताव?

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले चैत १० गते काठमाडौंको हात्तिसारस्थित गुडविल कम्प्लेक्समा बिहान ११ बजे एकतीसौं वार्षिक साधारणसभा बोलाएको छ।
उक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित गत असार मसान्तसम्मको वासलात, तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालू आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी र विविध विषयमा छलफल गरी पारित गर्नेछ।
कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले नै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २ गते एक दिन कम्पनीको शेयर नामसारी दाखिला खारेज बन्द (बूक क्लोज) गर्ने निर्णय भएको जानकारी दिएको छ।












