अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा
१० असार २०८३, बुधबार १७:५०

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना ९.९८ मे.वा प्लान्ट पुनः सञ्चालनमा आएको छ।
उक्त आयोजनाको एक्स्पेन्सन जोइन्टमा अत्यधिक पानी लिकेज भएको कारण उक्त स्थानमा पहिरो जाने स्थिति बनेपछि एक्स्पेन्सन जोइन्ट मर्मतका लागि टनल नै पूरा खाली गर्नुपर्ने भएपछि जेठ १५ गते दिउँसो १ः५५ बजेदेखि विद्युत उत्पादन बन्द भएको थियो।
उक्त एक्स्पेन्सन जोइन्ट मर्मत गरी अप्पर माई जलविद्युत आयोजना ९.९८ मे.वा असार ९ गते बिहान ९ः११ बजेदेखि उक्त प्लान्ट सञ्चालनमा आई विद्युत उत्पादन पुनः सुचारु भएको हो।












