शेयर बजार ओरालो यात्रामा, सबै उपसूचक राताम्मे
१९ श्रावण २०८३, मंगलवार १५:०५

काठमाडौं । शेयर बजारमा सुधारको संकेत देखिने आश यो साताको पहिलो कारोबारको दिनदेखि हराएको छ । आज शेयर बजार ओरालो लागेको छ ।
साताको कारोबारको दोस्रो दिन नेप्से २१।१५ अंकले घट्दा २६६३।१८ को विन्दुमा कायम भएको छ। ३४३ सूचीकृत कम्पनीको १ करोड ७ लाख ५५ हजार ८ सय ७५ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ६ करोडमाथिको शेयर कारोबार भएको छ। एभरेष्ट कलरको शेयर मूल्य हिजोको तुलनामा धेरै बढेको छ भने सर्वाधिक घट्नेमा सप्तकोशी विकास बैंक रहेको छ । खानी खोला हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।











