मल्टीपर्पस फाइनान्सका शेयरधनीको हात रित्तो
२१ श्रावण २०८३, बिहीबार ०९:५२

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको साउन २० गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ ।
हिजो बसेको सञ्चालक समितिको ४६०औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा कम्पनीका शेयरधनीहरूलाई नगद लाभांश/बोनस शेयर वितरण नगर्ने प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ ।











