पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने
२२ श्रावण २०८३, शुक्रबार ०६:५२

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित भदौ १३ गते झापाको विर्तामोडस्थित इन्द्रेनी ब्याङ्क्वेटमा बिहान ११ बजे छैठौं वार्षिक साधारणसभा बोलाएको छ ।
उक्त साधारणसभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने, आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण कामकारवाही गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।











