फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तबीच मर्जर सम्झौतामा हस्ताक्षर

२६ श्रावण २०८३, मंगलवार ०९:५६

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच साउन २५ गते साँझ ५ बजे आपसमा मर्ज हुने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त बीच एकआपसमा गाभ्ने/गाभिने सम्बन्धमा दुई पक्षीय प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*