मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
२६ श्रावण २०८३, मंगलवार १५:१६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २६४१.८५ बिन्दुमा कायम भएको छ । आज ३४० कम्पनीको ९५ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्क ११ करोड ९ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।
मंगलबार १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ । २० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज अप्पर लोहोरे खोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ५६ रुपैयाँले बढेर ४३६ रुपैयाँ पुगेको हो ।
साथै, आरबिबि डिबेञ्चर २०८८ को ५.९२ प्रतिशत, लक्ष्मी उन्नती कोषको ५.२७ प्रतिशत, हिम स्टार उर्जाको ३.७४ प्रतिशतले शेयर मूल्य बढेको छ ।












