माउन्ट एभरेष्ट पावरको आईपीओ नेप्सेमा सूचीकृत, आजबाट कारोबारमा आउँदै
२७ श्रावण २०८३, बुधबार ०९:२७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ८६ लाख कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीले आईपीओ मार्फत सर्वसाधारणलाई बिक्री गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ६० लाख २० हजार कित्ता शेयर सूचीकृत भएको हो।
आज बुधबारबाट कम्पनीको शेयर कारोबारमा आउनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ।











