माउन्ट एभरेष्ट पावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२७ श्रावण २०८३, बुधबार १५:०९

काठमाडौं । आज बुधबार नेप्से परिसूचक ०.५५ अंकले वृद्धि भए तापनि कारोबार साढे ३ अर्बमै खुम्चिएको छ। यसका बाबजूद १०२ सूचीकृत कम्पनीको शेयरमूल्य बढेको छ।
आजैबाट कारोबारमा आएको माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य १५ प्रतिशतले बढेको हो।
त्यसपछि इमर्जिङ नेपाल लिमिटेड, एचआईडीसीएल, सानिमा लार्ज क्याप फण्ड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, तारागाउँ रिजेन्सी होटल, निफ्रा, हिमालयन ८०–२०, एभरेष्ट कलर र मञ्जुश्री फाइनान्सको शेयरमूल्य सर्वाधिक बढेको छ।












