दुई आर्थिक वर्षको २२.५२ प्रतिशत लाभांश बाँड्दै माण्डु हाइड्रोपावर, बोलायो साधारणसभा

२८ श्रावण २०८३, बिहीबार १०:१७

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले १४औं र १५औं वार्षिक साधारणसभा एकैसाथ आह्वान गरेको छ। सभा भदौ १८ गते काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट बस्नेछ।

साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) र गत आर्थिक वर्ष २०८२/८३ का लागि १२ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २२.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै उक्त दुवै आवको वार्षिक प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने, गत आवको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्नेछ।

संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकको दैनिक भ्रमण भत्ता पारित गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यकता अनुसार परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। सभा प्रयाजनार्थ भदौ ५ गते बूक क्लोज गर्ने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*