शुक्रबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२९ श्रावण २०८३, शुक्रबार १५:११

काठमाडौँ । तीन दिन सामान्य सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार सुस्त रहेको देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३७ अकंले घटेर २६४३.८३ बिन्दुमा कायम भएको छ ।

आज ३४४ कम्पनीको ९५ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो । शुक्रबार १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । माउन्टेन एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको शेयरमा सर्किट लागेको हो ।

साथै, फस्र्ट माइक्र्राफाइनान्सको ६.९६ प्रतिशत, विकास हाइड्रोपावरको ६.८६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*