अदालतमा ८० लाख रुपैयाँ जमानत राखेर फर्किए इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ

काठमाडौं । नेपाल इन्भेष्मेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे ८० लाख रुपैयाँ जिल्ला अदालत काठमाडौंमा जमानत राखेर बाहिरिएका छन् ।
बैंकले नियम अनुसार लिलामी गरेको सम्पत्तिमाथि नेपाल प्रहरीको सिआईबीले सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै बैंकिङ कसुरमा मुद्दा दर्ता गरेपछि सिईओ पाण्डे आफै हिजो अदालतमा उपस्थित भई थुनछेक बहस गरेका थिए ।
जिल्ला अदालत काठमाडौंले सीईओ पाण्डेसँग ८० लाख धरौटीबापत बैंक ग्यारेन्टी राखेर बाहिरिएका थिए । अदालतले स्मार्ट टेलिकमको नाममा जारी भएको ऋण असुल गर्ने क्रममा सिईओ पाण्डेलाई मुद्दा लागेको थियो ।
स्मार्ट टेलिकमसँग सम्बन्धित अनुसन्धानका क्रममा पाण्डेसहितका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको थियो।
अदालतमा भएको थुनछेक बहसका क्रममा सरकारी पक्षले अनुसन्धानका क्रममा संकलित प्रमाण तथा पाण्डेको संलग्नताबारे आफ्नो धारणा प्रस्तुत गरेको थियो। पाण्डेको तर्फबाट भने आफूविरुद्ध लगाइएको आरोप तथा अनुसन्धानका विषयमा प्रतिवाद गरिएको थियो। बहसपछि ८० लाख रुपैयाँ धरौटी जम्मा गर्न आदेश भए बमोजिम हिजो धमानत राखेर सिईओ पाण्डे अदालतबाट बाहिरिएका थिए ।









