मेटलाइफ नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान

१२ भाद्र २०८३, शुक्रबार ११:०८

काठमाडौं । मेटलाइफ नेपालले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३० लाख योगदान गरेको छ ।

रसुवा, नुवाकोट र धादिङलगायत विभिन्न जिल्लामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै समुदायहरू विस्थापित भएका छन् र भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू हाल पनि जारी रहेका छन् ।

जिम्मेवार संस्थागत नागरिकका रूपमा मेटलाइफ नेपाल यस कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्‍याउन निरन्तर खटिरहेका नेपाल सरकार, उद्धारकर्मी, मानवीय सहायता प्रदान गर्ने संस्थाहरू तथा सम्पूर्ण सहयोगीहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दछ । मेटलाइफ नेपालले विपद्को समयमा विभिन्न सरकारी निकाय, सुरक्षा निकायका स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले पुर्‍याइरहेको निरन्तर सहयोग र प्रयासको सम्मान गर्दछ । सामूहिक प्रयासबाट प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउँदै राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुगिरहेको छ ।
यस योगदानबारे मेटलाइफ नेपालका महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले भन्नुभयो, “यस विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति हाम्रो गहिरो सहानुभूति छ । मेटलाइफ नेपाल विशेषगरी आवश्यकता परेको कठिन समयमा आफूले सेवा प्रदान गर्ने समुदायलाई सहयोग गर्नु आफ्नो जिम्मेवारी मान्दछ,। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत गरिएको यस योगदानले जारी राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुग्ने र प्रभावित व्यक्ति तथा परिवारलाई आफ्नो जीवन पुनःनिर्माण गर्न केही हदसम्म मद्दत पुग्ने हाम्रो विश्वास छ ।”

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*