गरिमा विकास बैंकले बोलायो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा
३१ भाद्र २०८३, बुधबार १०:१२

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले असोज २६ गते, सोमबार, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बीसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।











