नेप्सेको सिस्टममा फेरि गडबडी, कारोबार नै रोकियो

५ आश्विन २०८३, सोमबार १०:५९

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा प्राविधिक समस्या देखिएपछि आजको शेयर कारोबार प्रभावित भएको छ। प्राविधिक समस्या आएपछि नेप्सेमा नियमित रूपमा हुनुपर्ने कारोबार हुन सकेको छैन ।

डाटा हबमा ‘र्‍यान्समवेयर अट्याक’ भएकाले टीएमएस सञ्चालन गर्न सकिएको छैन । ७२ वटा टीएमएस प्रयोग गर्ने ब्रोकरहरूको कारोबार प्रणाली सञ्चालनमा नआएको नेप्सेले जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले समस्या बुझि रहेको हुँदा एकैछिनमा थप जानकारी दिने बताएका छन् । आजको कारोबार के हुन्छ अन्यौल सिर्जना भएको छ । प्रिओपनिङ भने हुन सकेको छैन ।

नेप्सेको प्रणालीमा समस्या देखिएको यो पहिलोपटक भने होइन। पटक–पटक प्राविधिक समस्या आउँदा लगानीकर्ता तथा बजारका अन्य सरोकारवालाले समस्या समाधानका लागि दीर्घकालीन पहल गर्नुपर्ने माग गर्दै आएका छन्।

सरकारले प्रत्येक वर्ष बजेटमार्फत नेप्सेको पुनर्संरचना तथा प्रणाली सुधारका विषय उठाउँदै आए पनि व्यवहारमा भने त्यसअनुसारको सुधार देखिन नसकेको भन्दै आलोचना हुँदै आएको छ। बजार सञ्चालनका लागि महत्वपूर्ण मानिने नेप्सेको प्रविधि र पूर्वाधारमा अपेक्षित सुधार हुन नसक्दा सामान्य प्राविधिक समस्याले समेत कारोबार प्रभावित हुने अवस्था देखिएको हो।

One thought on “नेप्सेको सिस्टममा फेरि गडबडी, कारोबार नै रोकियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*